Headlines

 

 

निशुल्क स्वास्थ्य जाँचको लाभ लिनु हुन् सम्पूर्ण नेपालि दाजु भाइ तथा दिदि बहिनिहरुमा सादर अनुरोध गर्दछौ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईले बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरेर जनचेतनामूलक कार्यक्रम सुरु गरेको छ । संघले फेब्रुअरी महिनालाई जनचेतना महिना घोषणा गर्दै युएईमा रहेका विभिन्न क्षेत्रहरुमा नेपाली श्रमिकहरुलाई भैपरिआउने समस्याहरुको न्यूनीकरण र समाधान गर्न सचेत बनाउने उद्देश्यका साथ अभियान सुरु गरिएको संघका प्रवक्ता मनु क्षेत्रीले बताए । राष्ट्रिय समन्वय परिषद युएई फुजेरा क्षेत्रीय समितिले आयोजना गरेको वनभोज कार्यक्रमबाट जनचेतना अभियान सुरु भएको हो । जनवरी ५ शुक्रबार युएईको फुजेरामा रहेको माधव पार्कमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बैदेशिक रोजगारीको शिलशिलामा फुजेरामा रहेका नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा गोपाल कँडेल, निमेश गिरी र दिपक खड्काले एनआरएनको उद्देश्यमाथि प्रकाश पार्दै युएईमा रहेका नेपालीहरुले गर्नु पर्ने सुरक्षा सावधानी, स्वास्थ्यमा हुन सक्ने समस्याहरु, सडक दुर्घटनाबाट बच्ने उपाय, लागु औषधबाट हुन सक्ने क्षति र दुर्घटनालगायतका विषयमा चर्चा गरिएको थियो । साथै युएईमा रहेका नेपालीहरुलाई युएईको श्रम कानुनको विषयका विषयमा जानकारी दिएको थियो । संघका युवा संयोजक नविन पौडेलले सुरक्षित रेमिट्यान्सका बारोक जानकारी दिएका थिए । अभियानको रुपमा फुजेराबाट सुरु भएको जनचेतनामुलक कार्यक्रम युएईका सात वटै प्रान्तमा लगिने संघका अध्यक्ष रमेश श्रेष्ठले बताए । यसअघि संघले डिसेम्बर महिनालाई खेलकुल महिना घोषणा गर्दै विभिन्न खेलकुद कार्यक्रमको आयोजना गरेको थियो । संघका क्षेत्रीय अध्यक्ष विरेन्द्र खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिका रुपमा अध्यक्ष रमेश श्रेष्ठ र विषेश अतिथिहरुमा मध्यपूर्व सहसंयोजक गोपाल कँडेल, सल्लाहकार तथा अनुशासन विभाग प्रमुख निमेश गिरी, सल्लाहकार दिपक खड्का रहेका थिए । कार्यक्रमको सञ्चालन क्षेत्रीय उपाध्यक्ष शेर सुनार र केन्द्रीय सचिव राजेश बोहोराले गरेका थिए ।

एनआरएनए फुजेराहको जनचेतनामूलक तथा वनभोज कार्यक्रम सम्पन्न

गैरआबासिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद रासअल खेमाहको कार्यसमिति

जनवरी महिनामा स्वास्थ शिविर र स्वास्थ्य परिक्षण

फेब्रुअरीमा चनचेतनामुलक कार्यक्रम गर्ने

Rescue

दुई थोपा हांसो” & NRNA UAE

शुभकामना

Message

Message From NRNA UAE President

NRNA UAE President Prakash Koirala Read More

Events

Event Calendar

MapModule

Latest Projects

View All