Message From NRNA UAE President

आदरणिय युएईबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु,

 नमस्कार!

बैदेशिक रोजगारीका लागि हामी नेपालीहरु विश्वका विभिन्न मुलुकहरुमा छरिएर रहेका छौ । बिदेशमै रहे पनि हामीले हाम्रो देशको बिकास , समृद्धि र समाजसेवामा ठुलो योगदान दिइनैरहेका छौ , प्रबास रहे पनि हामिले देश - बिदेशमा रहनुभएहुने सम्पूर्ण नेपालीहरुसँग मातृत्व र भातृत्वको सम्बन्ध स्थापना गरेर बसेका छौ । हामी हाम्रो आदर्श बाक्य "नेपालीका लागी नेपाली "भन्ने मुल नाराका साथ प्रवासको बसाई र रोजगारिसगै नेपाल र नेपालीको हितमा सामाजिक कार्य गर्दै आइरहेका छौ। सोही अनुरुप गैर आवसीय नेपाली संघ (एनआरएनए),राष्ट्रिय समन्वय परिषद, युएईको स्थापना भएको कुरा यहाँहरु सबैमा बिदितै छ।

गैर आवसीय नेपाली संघ, एनसीसी युएईको २०१७–२०१९को वर्तमान कार्यसमिती नेपाल र नेपालीको हितमा सदैब क्रियाशिल हुदै बिभिन्न सामाजिक कार्य हरु गर्दै आएको कुरा स्मरण गराउन चाहन्छु । हामिले वैदेशिक रोजगारको सिलशिलामा बेचिएका अनि दु:ख र समस्यामा परेका नेपालि चेली हरुलाइ बिभिन्न देशबाट उद्घार गर्न सफल भएका छौं ।हामिले मानब तस्कर , हुन्डी लगायतका अपराधहरुको अनुसंधान गरि राज दूतावासलाई ज्ञापनपत्रसमेत बुझाइ नेपालिहरुलाइ उद्धार र सहयोग गरिरहेका छौ , बिभिन्न घटनाहरुमा परेर ज्यान गुमाएका नेपालीहरुलाइ नेपाल लान ब्यबस्थापन र आर्थिक र भौतिक सहयोग गरेका छौ , हामिले बिरामी र घाइते , जेलपरेका र बल्ड मनि तिर्न नसकेका नेपालीहरुलाई भेट घाट गरि उनिहरुको उद्धार र आर्थिक र भौतिक सहयोग गरेका छौं , युएईमा रहनु हुने नेपालीहरुका होस्टेलहरुमा गएर जनचेतना मुलक कार्यक्रम "दुइ थोपा हासो" सफलताका साथ पुरा गरेका छौ , हामिले नेपालीहरुका लागी निसुल्क स्वास्थ्य परिक्षण, रक्तदान, बिभिन्न प्राबिधिक, आधारभूत र समाजिक तालिम र प्रशिक्षणहरु पनि दिइरहेका छौं । हामिले बिदेशमा भएता पनि नेपालमा।बृहत प्राथमिक उपचारको तालिम दिने हेतुले नेपाल भरीका सबै जिल्ला हरुमा पहिलो प्राथमिक उपचारको तालिम थालनी गरेका छौ जस्ले नेपाल र नेपालीका लागी एउटा लाभको तालिम हो , हामिले पहिलो चरण सकि अब दोस्रो चरणको तालिमका लागी जुटि भब्य र सभ्य च्यारिटी कार्यक्रम पनि गर्दैछौ । हाम्रा तमाम सामाजिक कार्यहरुमा युएई मा स्थापित संघ संस्था र सम्पुर्ण अभियान्ताहरुले उत्तिकै महत्त्वपूर्ण सहयोग गरिदिनु भएकोमा म कृतज्ञता प्रकट गर्दछु ।

एनआरएनए, युएई रोजगारीको शिलशिलामा युएईमा रहनु भएका सम्पुर्ण श्रमजिबी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको साझा संगठन हो । हामी तमाम नेपालीहरुले अपनत्व महशुस हुने गरी र एक आपसको सुख दुःखमा साथ सहायोग गर्न सकियोस भन्ने कुरामा सदैब सचेत छौ । सबैको हक हीतको लागि एक अर्काको साथ र सहयोग बिना अगाडि बढन सक्दैनौ । त्यसैले अबको हाम्रो अठोट र कर्तव्य भनेको गैर आवसीय नेपाली संघलाई अझ धेरै श्रमिक मैत्री बनाउनु नै हो । साथै बिदेशमा बसेर आर्जन गरेको ज्ञान , सिपलाइ नेपालमा गएर देशको समृद्धि र बिकासमा कसरी उपयोगी बनाउने भनी हामी उधमिता लाइ अनि जोड दिने छौं । उद्यमिता औद्योगिक, आर्थिक एवं सामाजिक प्रगतिको एउटा आधारस्तम्भ हो । उद्यमिताको सृजनशील विचार द्वारानै राष्ट्रको निर्धनता, बेरोजगारी, आर्थिक असामनता आदि समस्याको निवारण सम्भव छ । यस कारण उद्यमिताले व्यवसाय, समाज तथा विकसित प्राकृति सम्पदालाई जोड्ने कार्य गर्दछ। उधमिता केवल जीवकोपार्जनको साधन मात्रै नभइ एक कुशल एवंम व्यक्तित्व विकासको महत्वपूर्ण सिस्सा पनि हो ।उद्यमिता एक व्यक्ति अथवा संघ संस्थाको एक उद्देश्यपूर्ण कार्य पनि जस्मा निर्णयको एक एकीकृत श्रृंखला सम्मिलित हुन्छ । यसकारण आर्थिक श्रोत र साधन एवंम सेवाको उत्पादन अथवा वितरणको लागी एक लाभप्रद व्यावसायिक इकाईको निर्माण, संचालन एवंम विकास गर्ने हुदा हामी अब विकसित र समृद्ध नेपालको खातिर उधमसिलतालाइ पनि जोड दिदै समाजसेवामा सदैब लागी रहने प्रण पनि गर्द्छु ।

यहाँ धेरै समस्या, दुःख र पिडा छन् । तिनको निराकरण एकल प्रयासबाट मात्र सम्भब छैन । त्यसैले गैर आवसीय नेपाली संघ, एनसीसी, युएईका विभिन्न सामाजिक संघसंस्थाहरुसँग हातेमालो गर्दै समस्याको निराकरणको दिशामा क्रियाशिल रहने छ । सुरक्षित र मर्यादित बैदेशीक रोजगारीका निम्ति हामी सचेत छौ र त्यसका लागि हामी सदैब सम्बन्धित निकायसँग निरन्तर सम्बाद, छलफल एवं सहकार्य गर्दै अगाढी बढी बैदेशीक रोजगारीका चुनौतिहरुको न्युनीकरणका लागि भरमग्दुर प्रयत्न गर्नेछौ । जनचेतनाको कमीले गर्दा बहुसंख्यक नेपालीहरु दुर्घटनामा परी अंगभंग भएका एवं मृत्युका घटनाहरु समस्याको रुपमा रहेका छन । त्यसैले उनिहरुको सुरक्षाको एकमात्र विकल्प भनेको जनचेतनाको अभिबृदि नै हो । त्यसैले आम सर्बसाधरणको चेतनाको बृद्धिका लागि जनचेतना मुलका कार्यमा पनि हाम्रो सहभागिता रहने कुरा जानकारी गराउन चाहान्छौ । युएईमा रहेर यहाँको कानुनको सीमा भित्र रही कार्य गर्नु पर्दछ । त्यसैले गैर कानुनी कार्यहरु हुण्डी र मानब ओसार प्रसारको विरुद्धमा हाम्रो अभियान निरन्तर सक्रिय रहने कुराको पनि प्रतिबद्धता जाहेर गर्दछौ ।

अन्त्यमा, युएईमा रहनुहुने आम नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई आफु बसेको कर्मथलोको कानुन, धर्म र सँस्कृतीको सम्मान गर्दै सदैब एक आपसमा सहयोग एवं मातृत्व र भातृत्वको सम्बन्ध स्थापना गर्न हार्दिक अनुरोध गर्दै देश बिकास समृद्धि र समाजसेवाको विकल्प बन्न सबैमिलि लागौं भन्दै हार्दिक आभार र विनम्र अनुरोध प्रकट गर्दछु । धन्यवाद ! नमस्कार !!


अध्यक्ष
रमेश श्रेष्ठ
गैर आबासिय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद, युएई