जनचेतनाको लागी सार्वजनिक सुचना !!!

Published On: Monday, August 6, 2018 | Source: NRNA UNITED ARAB EMIRATES
जनचेतनाको लागी सार्वजनिक सुचना !!!
"दुबई युरोप जस्तै भैसकेको छ" भनेर राम्रो जागिर आकर्षक तलब सुबिधाको प्रलोभन देखाएर बेरोजगार युवाहरु लाई लोभ्याउँँदै नेपाल र युएईमा समेत बिभिन्न दलाल र कतिपय नजिकैको आफ़न्तैले समेत बिभिन्न गलत बाटो बाट भिजिट भिषामा नेपाली दिदिबहिनी दाजुभाइलाई युएईमा ल्याउने र अन्त्यमा अलपत्र पार्ने, भिजिट भिषामा रहेका वा कम्पनीमा काम गर्दै गरेका व्यक्ति लाइ समेत अझै राम्रो कम्पनिमा अझै धेरै तलब सुबिधा हुने जागिर लगाइदिने गलत र झुठो आस्वासन दिएर ठुलै रकम ठगि गर्ने गिरोह सक्रिय रहेको र बिभिन्न ब्याक्तिहरु तेस्तो दालालहरुको फन्दामा परि ठगिएको कुराहरु दिनानु दिन आउने गरेको र धेरै व्यक्तिले एनआरएनए युएईका पदाधिकारीहरु संग यस बिषयमा सम्पर्क गर्दै सहयोग गर्नका निमित्त आग्रह गर्दै आउनु भएको छ तथापी यस प्रकारका लेनदेन वा ठगिका कामहरु बिना आधार र बिना प्रमाण गर्ने हुँदा पिडितले न्याय पाउने सम्भावाना न्यून रहदै आएको छ तेसैले युएई आउन चाहने सम्पूर्ण दाजुभाइ दिदिबहिनिहरुलाई यो जानकारीका निमित्त सुचित गर्दछौ कि जो कोहि पनि युएईमा काम खोज्न भिजिट भिषामा आउनु हुन्छ कसैको पर्लोभनमा नपरी सिधै कम्पनिको सम्बन्धित व्यक्ति संग सम्पर्क गरि आबस्यक प्रक्रिया सहित काम गराउनु होला, कुनै पनि बिचौलिया दलालको आस्वासनमा परेर बिना आधार वा प्रमाण कसै संग पैसाको कारोबार नगर्नुहोला, सकभर दक्ष कामदार (स्किल्ड वर्कर) का रुपमा कुनै पेशा, काम नेपालमा सिकेर मात्रै आउनु होला नेपालमा पनि सम्बन्धित मेनपावर कम्पनि जो नेपाल सरकारबाट मान्यता प्राप्त छ उसै संग सिधै कार्यालयमा सम्पर्क गरि आफ्नो पासपोर्ट डकुमेन्ट सम्बन्धित कार्यालयमा मात्रै जिम्मा लगाई भरपाइ रसिद लिएर मात्रै कारोबार गर्नुहुन सबिनय अनुरोध गर्दछौ । लामो चिनजान नभएका, काम, भर ठेगान नभएका बिचौलिया दलालको विश्वासमा परेर कुनै व्यक्तिलाइ पासपोर्ट र पैसा बुझाउदा ठगिने सम्भावना ज्यादै हुने गर्दछ कुनै पनि देशमा रोजगारीका लागि जानुपुर्व आफु जाने देश, त्यहाँको निति नियम भाषा संस्कृति बारे सामान्य जानकारी लिने, आफुले गर्ने काम, पाउने सेवा सुबिधाका बारेमा राम्रो संग जानकारी लिएर साथै बिदेश आउनुपुर्व बिदेश स्थित नेपालीहरुको हक हितको लागि काम गर्न खुलेका विभिन्न संघ संस्थाका सदस्यहरु संग सल्लाह सुझाव लिएर मात्रै विदेश आउनु भएमा भैपरी आउने भवितव्य लाई रोक्न वा कम गर्न सकिन्छ ।
धन्यवाद,
गैरआवासीय नेपाली संघ,
रास्ट्रिय समन्वय परिषद युएई ।