मध्यपुर्व सम्मेलन सफल बनाउन एनआरएन यूएई सक्रिय

Published On: Monday, August 6, 2018 | Source: NRNA UNITED ARAB EMIRATES
आयोजक मुलुकको नाताले गैर आवासीय नेपाली संघको मध्य पूर्व सम्मेलनको तयारीमा यूएई एनसिसी सक्रियतापूर्वक लागिपरेको छ । यहि अगस्त २३, २४ र २५ तारिकमा यूएईमा हुन लागेको सम्मेलनलाई सब्य र भब्य तवरणले सम्पन्न गर्न पूरै टिम सक्रियतापूर्वक लागेको हो ।

सम्मेलन युएईको व्यापारिक शहर दुबईमा हुँदैछ । दुबईस्थित ग्राण्ड एक्सिलर होटलमा हुने सम्मेलनको लागि बिभिन्न उपसमिति गठन गरिएको छ । गैर आवासीय नेपाली संघ युएईले उक्त सम्मेलन भब्य रुपमा सम्पन्न गराउन आबस्यक सम्पूर्ण जिम्मेवारी आगाडी बढाएको जनाएको छ ।

एनआरएनए युएईले आफ्ना पदाधिकारीहरुलाई कार्य बाँडफाँड गर्दै विभिन्न उप-समिति निर्माण गरेको हो । जसका लागि मध्य पुर्व उपसंयोजक गोपाल कंडेल, एनआरएनए युएई अध्यक्ष रमेश श्रेष्ठ र सम्पूर्ण पदाधिकारीहरुको सक्रियता बढी नै देखिएको छ ।

युएईमा दोश्रो पटक हुन् लागेको मध्य पुर्व सम्मेलन २०११ पनि भएको थियो । अहिलेको मध्य पुर्व भेलाले श्रमिक र मध्य पुर्वका समस्याका बारेमा ठोस कुराहरु सरकारसम्म पुर्याउँदै समस्या समाधानमा पहलकदमी लिन सक्ने सम्भावानाको रुपमा समेत हेरिएको छ ।

भिजिट भिषा, घरेलु कामदार लगायत विभिन्न समस्या रहेको मध्य पुर्वमा बिश्व भरिका एनआरएनएहरु र सरकारी तहबाट समेत हुने प्रतिनिधित्त्वले केहि हद सम्म भए पनि यहाँका समस्यालाई हल गर्ने अनुमान गरिएको छ ।