Rescue

Published On: Source: NRNA UNITED ARAB EMIRATES
गतहप्ता गैरआवासीय नेपाली संघ युएईलाइ एउटा सूचना प्राप्त भएको थियो जस अनुसार युएईकै अजमानमा ९ जना नेपाली महिलाहरुलाइ भारतको बाटो हुदै भिजिट भिषामा युएई ल्याई बन्धक बनाइ राखेर यहाँबाट अन्य देशमा पठाउन लागेको भनेर सोहि सूचनाका आधारमा गैरआवासीय नेपाली संघका पदाधिकारीहरुले बुज्न खोज्दा ९ जना मध्य १ जना पिडित पहिलेनै भागेर नेपालि दुतावास पुगेको र बाकि ८ जनालाई बन्धक बनाइ राखेको र अन्य देशमा तस्करी गर्ने तयारी गर्दै गरेको बुझिन आय पछि गैरआवासीय नेपाली संघले स्थानिय प्रशासनको सहयोग र नेपालि राजदुतावासको सहयोगमा २ दिनको अथक प्रयाश पश्चात उद्दार गर्न सफल भएको थियो। उद्दार पश्चात नेपालि राजदुतावासको सेल्टरमा राखी नेपाल पठाउने प्रक्रिया शुरु गरिएको थियो सोहि अनुरुप दुतावास र गैरआवासीय नेपाली संघको पहलमा पिडितहरु मध्यका ४ जना गत शुक्रवार र ३ जना आज नेपाल फर्किसकेका छन् र बाकी २ जना समेत छिट्टै फर्काउने पहल भैरहेको छ यो उद्दार कार्यमा निरन्तर ४८ घण्टा सम्म फिल्डमै खटिनु हुने गैरआवासीय नेपालि संघका उपाअध्यक्ष बालकृष्ण मरासिनी लाइ बिशेष धन्यवाद व्यक्त गर्दछौ तेसै गरि आइसिसि को-अप सदस्य मनोज गोर्खाली, गैरआवासीय नेपाली संघ युएईका सचिब राजेश बोहरा, दुबई क्षेत्रीय अध्यक्ष मदन अधिकारी, सचिब प्रकाश सुनार, युएई मार्सल आर्ट्स एण्ड स्पोर्ट्स क्लबका प्राबिधिक निर्देशक रबि शाही ज्यु लगायत सम्पूर्ण सहयोगीहरु प्रति पनि हामी हार्दिक आभार सहित बिशेष धन्यवाद व्यक्त गर्दछौ। हामीलाई नेपालि राजदुतावासबाट पनि बिशेष सहयोग प्राप्त भएको थियो दुतावासबाट पिआरओ राजि अहमद साथै सहदेव गिरि फिल्ड मै खटिनु भै पुर्याउनु भएको सहयोग प्रति उहाहरुलाई हार्दिक धन्यवाद साथै दुतावास परिवार र श्रम काउन्शुलर भेष बहादुर कार्कीलाइ पनि धेरै धन्यवाद व्यक्त गर्दछौ। यो बिषयमा अझै धेरै जानकारी प्राप्त हुदै छन् र ति सबै खुल्दै जाने छन्। अहिले सम्म २ जना दलाल जो नाताले श्रीमान श्रीमती समेत हुन् उनीहरु हिरासत मै रहेका छन्। उद्दार गरिएका महिलाहरु १८ वर्ष देखि ४४ वर्षसम्मका रहेकाछन् साथै उनीहरु रोल्पा, धनकुटा शोलुखुम्बु, सुनसरी लगायत जिल्लाबाट रहेका छन्।

Text/HTML

Coming Soon...