एनआरएन युएईले निशुल्क स्वास्थ्य शिवीरको गर्दै

Published On: Source: NRNA UNITED ARAB EMIRATES
डिल्ली हुमागाई
युएई,
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईको आयोजनामा आगामी अप्रिल १३ तारिक युएईका विभिन्न राज्यमा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ।दुवई राज्य स्थिति अबुहेल, मम्जार सेन्टरमा नुर अल अहलीय अस्पतालको सहकार्य तथा प्राबिधिक सहयोगमा स्वास्थ्य शिविर हुनेछ ।


प्रवासको बाध्यात्मक परिस्थितिलाई मध्यनजर गर्दै सर्बसाधारणमा सेवा पु¥याउने अभिप्रायले उक्त शिबिरको आयोजना गर्न लागिएको एनआरएन युएईका प्रबक्ता मुनु क्षेत्रिले बताए ।सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुलाई आफुलाई पायक पर्ने स्थानमा उपस्थित भई सेवा लिनको लागि एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले अनुरोध गरे ।



शिबिर बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । युएईमा धेरैजसो दाँतका समस्या देखिएका बिरामी फेला परेका यो पटक दाँतको स्वास्थ्य परिक्षण गरिने श्रेष्ठले बताए। यहाँ दाँतको उपचार गर्न धेरै महँगो पर्ने गर्दछ ।


युएईमा क्रियाशील सम्पूर्ण संघसंस्था ,सामाजिक व्यक्तिहरुको सहभागिता तथा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईको संयोजनमा टोप बहादुर विक बचाउ अभियानका सबै प्रतिद्धता रकम समेत एकत्रित गरिने कार्यक्रम रहेकोले सम्पुर्ण सघ सस्थाको उपस्थितिको लागि सवै जानकारी दिएको एनआरएन अध्यक्ष श्रेष्ठले बताए।



अभियानको सुरुवातमा नै अप्रिल १३ तारिक रकम हस्तान्तरण गर्ने मिति तय भैसकेकोले स्वास्थ शिबिर तथा अभियान सफलता लागि सहजीकरण हुने विश्वासको रहेको एनआरएन युएईका महासचिव कृष्ण पौडेलले जानकारी दिए। संकलित रकम १४ तारिख दुतावास मार्फत बुझाइने छ ।

Text/HTML

Coming Soon...